काठमाडौं– वैदेशिक रोजगारीमा जानका लागि फागुन महिनाभर वैदेशिक रोजगार विभागबाट ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म मात्र विभागबाट श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ३४ हजार ४७१ रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४।१७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को यो अवधिमा श्रम स्वीकृति लिनेको संख्या चार लाख ६८ हजार १३५ रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । आठ महिनामा श्रम स्वीकृति लिनेमा चार लाख ७४ हजार १४७ जना पुरुष र ६० हजार ३२४ जना महिलाको संख्या रहेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सुचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/८१ भर श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४१ हजार २९७ रहेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति लिनेको संख्या पछिल्लो ५ वर्षको तुलनामा ४५।६९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ८ हजार ८२८ रहेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को मासिक विवरण अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
गत आर्थिक वर्षको पहिलोे आठ महिनाको मासिक विवरण अनुसार २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ८६१ र असारमा ५८ हजार ७३६ जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०७९÷८० को साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६३ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैतमा ६१ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, वैशाखमा ५४ हजार ४५७, जेठमा ५९हजार ४२२ र असारमा ५५ हजार २२९ जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०७८/७९ को साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ६७१, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४५७, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, वैशाखमा ४५ हजार ४, जेठमा ६२ हजार ३४९ र असारमा ६२ हजार ८५३ जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०७७/७८ को साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ६७१, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४५७, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, वैशाखमा ४५ हजार ४, जेठमा ६२ हजार ३४९ र असारमा ६२ हजार ८५३ जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०७६/७७ को साउनमा ३२ हजार ४०८, भदौमा ३८ हजार ५७६, असोजमा १८ हजार ७७१, कात्तिकमा १८ हजार ९९७, मंसिरमा ५६ हजार ८१०, पुसमा ५२ हजार १२५, माघमा ५२ हजार १२५, फागुनमा ४९ हजार ५८८ र असारमा २ हजार ४७९ जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिनेको संख्या घटेको थियो । त्यतिबेला त्यो वर्ष ६८ हजार ४३३ जना मात्र विदेशिएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको विभागका निर्देशक सुवेदी बताउँछन् ।
कोभिडको कारण आर्थिक वर्ष २०७६÷७७ मात्र नभई आर्थिक २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । उक्त वर्ष एक लाख ६६ हजार ६९८ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका थिए । कोभिडका कारण अन्तर्राष्ट्रिय उडान बन्द तथा विभिन्न मुलुकले आप्रवासी प्रवेशमा कडाई गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । तर कोभिडको असर सकिएसँगै त्यो संख्या पुन बढिसकेको सुवेदीले जानकारी दिए ।
वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०५०/५१ बाट श्रम स्वीकृति लिनेको तथ्यांक राख्न सुरू गरेको थियो । त्यतिबेला ३ हजार ६०५ जनाले श्रम स्वीकृति लिएका थिए । यो संख्या आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार २९७ रहेको छ । आर्थिक वर्ष २०५०/५१ को तुलनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ३७ हजार ६९२ ले बढी हो ।
श्रम स्वीकृति लिने महिलाको संख्यामा पनि उल्लेख्य वृद्धि
वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको संख्या पनि बढ्दो रहेको छ । वैदेशिक रोगजार विभागको तथ्यांकअनुसार पाँचवर्षको समायावधिमा श्रम स्वीकृति लिने महिलाको संख्या भने उल्लेखनीय रुपमा वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा ४ लाख ७६ हजार ७०५ जना पुरुषले श्रम स्वीकृति लिदाँ ३२ हजार १२३ जना महिला रहेका थिए । आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ६१ हजार १२५ जना पुरुषले श्रम स्वीकृति लिदाँ महिलाको संख्या ८० हजार १७२ रहेको छ । तथ्यांकअनुसार पाँच वर्षको अवधिमा श्रम स्वीकृति लिने महिलाको संख्या करिब ५९.९३ प्रतिशतले वृद्धि भएको छ ।
पुरुषको संख्या भने ५ वर्षको यो अवधिमा ३८.६७ प्रतिशतले वृद्धि भएको हो । विभागका निर्देशक सुवेदीले रोजगारीका अवसर बढेपछि युएई, कतार, कुवेत, साइप्रस, मलेसिया तथा सरकारी प्रक्रिया पुरा गरेर कोरिया तथा इजरायल जान महिलाहरुले श्रम स्वीकृति लिने गरेको बताए । चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.२८ प्रतिशत संख्या महिलाको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ६१ हजार १२५ जना पुरुषले श्रम स्वीकृति लिदाँ ८० हजार १७२ जना महिलाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०८०/८१ श्रम स्वीकृति लिने महिलाको संख्या १०.८२ प्रतिशत थियो । यो आर्थिक वर्षको आठ महिनामा भने कुल संख्यामध्ये ११.२८ प्रतिशत महिलाको संख्या रहेको छ । पाँच वर्षको यो अवधिमा श्रम स्वीकृति लिने महिलाको संख्या ४९.११ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
प्रतिक्रिया