काठमाडौं- पहलगाम घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैबीच पाकिस्तानले एकपछि अर्को गर्दै मिसाइल परीक्षण गरिरहेको छ ।
सोमबार, पाकिस्तानले आफ्नो फताह सिरिजको सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् । यो क्षेप्यास्त्रको दायरा १२० किलोमिटर भएको बताइएको छ ।
तीन दिनअघि शनिबार, पाकिस्तानले अब्दाली हतियार प्रणालीको परीक्षण गरेको थियो । यो मिसाइल ४५० किलोमिटरको दूरी भएको ब्यालिस्टिक मिसाइल थियो । अब फतह क्षेप्यास्त्रको परीक्षणले भारतसँग बढ्दो तनावलाई झनै भड्काएको छ ।
पहलगाम हमलापछि भारत पाकिस्तानप्रति कठोर बनेको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ । यो निर्णयले रुष्ट पाकिस्तानले पछिल्ला १० दिनमा नियन्त्रण रेखामा धेरै पटक युद्धविराम उल्लंघन गरेको छ । -एजेन्सी
प्रतिक्रिया