नुवाकोट- नेकपा(माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल, नेपाल नुवाकोट जिल्ला समितिको अध्यक्षमा जलन गजुरेल निर्वाचित भएका छन् ।
वाइसिएल नुवाकोटको चौथो जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका गजुरेलले निकटतम प्रतिस्पर्धी दिनेश अधिकारीलाई ७३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
विजयी गजुरेलले १६० मत ल्याउँदा अध्यक्षका प्रत्याशी अधिकारीले ८७ मत ल्याएका थिए ।
यस्तै निर्वाचित ६१ सदस्यीय नयाँ जिल्ला समितिको २ जना खुला उपाध्यक्षमा सरोज तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा प्रमिला तामाङ निर्विरोध निर्वाचित भइन् भने सचिवमा सुरेन्द्र लामा विजयी भएका छन् ।
यस्तै सहसचिवमा विकास गुरुङ, रविन्द्र तामाङ, थिमिका विक, अनिल थापा र राजेश लामिछाने निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा जनकराज ढकाल निर्विरोध निर्वाचित भए भने अन्य ५० जना जिल्ला समिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया