वामपन्थी नेता प्रदीप नेपालको निधन

मंगलबार, २३ बैशाख २०८२, १६ : ४६

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई  सोमबार आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए । 

पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए । नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।

 
 
मंगलबार, २३ बैशाख २०८२, १६ : ४६

प्रतिक्रिया