नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा एसएसपी थापा

बुधबार, २४ बैशाख २०८२, १४ : ००

काठमाडौं- नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयमा कार्यरत थापाले बुधबारदेखि उक्त जिम्मेवारी सम्हालेका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

 
बुधबार, २४ बैशाख २०८२, १४ : ००

प्रतिक्रिया