इम्बार्क कलेजमा 'अनम्याथम्याथ टक' कार्यक्रम हुने

बुधबार, २४ बैशाख २०८२, १७ : १०

काठमाडौं– गणितलाई रमाइलो र अनुभवमूलक बनाउने उद्देश्यसहित ‘अनम्याथम्याथ टक’ कार्यक्रम आगामी शनिबार ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजमा आयोजना हुने भएको छ।

कार्यक्रमको आयोजना मेन्टर ल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले संयुक्त रूपमा गर्न लागेका हुन्। कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिने यो कार्यक्रमले गणितप्रतिको परम्परागत दृष्टिकोणमा चुनौती दिँदै त्यसलाई आकर्षक, वास्तविक र विश्वअनुभूतिमा आधारित बनाउने उद्देश्य लिएको छ।

कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजाले गर्नेछन्। बठीजा अनम्याथ स्कूलका सह–संस्थापक हुन् र उनले भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरणा दिँदै आएका छन्।

“गणित भनेको कण्ठस्थगर्नेविषयहोईन, यो त खोजको विषयहो”, बठीजाले भने, “जबविद्यार्थीहरूले उनीहरूको दैनिकजीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन तब गणितको वास्तविकसिकाइ सुरु हुन्छ ।”

कार्यक्रम बिहान ११ बजे सुरु भई दिउँसो १ बजेसम्म चल्नेछ। सहभागीहरूले विभिन्न इमर्सिभ गतिविधिहरूमा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्।

साथै, कार्यक्रमभित्र हुने कथा सत्र तथा विचारमूलक बहसले विद्यार्थीहरूको आलोचनात्मक सोच र गणितप्रतिको दृष्टिकोणलाई थप प्रगाढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सिट संख्या सीमित भएकोले चाँडै दर्ता गर्न आयोजकले आग्रह गरेका छन्। प्रवेश शुल्क रु. ९९ मात्र रहेको कार्यक्रममा अनलाइन तथा फोन (९८०–१११८६८९) मार्फत दर्ता गर्न सकिनेछ

बुधबार, २४ बैशाख २०८२, १७ : १०

प्रतिक्रिया