आज यी राशिलाई नसोचेको उपलब्धी हासिल हुने, अरुको दिन कस्तो ?

विहीबार, २५ बैशाख २०८२, ०७ : ११

काठमाडौं- आज विक्रम संवत २०८२ साल वैसाख २५ गते, बिहीबार । ईश्वी सन् २०२५ मे ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख शुक्लपक्ष । तिथि–एकादशी, २२ घडी ५ पला, दिउँसो २ बजेर ११ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–उत्तरफाल्गुनी, ४३ घडी १६ पला, बेलुकी १० बजेर ४० मिनेट उप्रान्त हस्त । योग–हर्षण, ५५ घडी २३ पला, रातको ३ बजेर ३१ मिनेट उप्रान्त बज्र । करण– भद्रा, दिउँसो २ बजेर ११ मिनेट उप्रान्त बव, रातको २ बजेर ५५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या  । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १८ पला । मोहिनी एकादशी व्रत ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ मांगलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरुका लागि समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतीको योग रहेकोछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । वित्तीय  क्षेत्र, व्यापार वा शेयरबजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
  
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग तित्तmता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । र, पनि कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाईं आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यापार वा शेयरबजारको लगानी फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायी रहेकाले पद प्राप्तिको गतिलो योग रहेकोछ । व्यापार, उद्योग तथा शेयरबजारमा लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नत्ति हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार विग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले समयमा काम सम्पन्न हुने छैनन् । र, पनि लामो दुरीको यात्राको तय हुनेछ । विदेशी सामानको व्यापारबाट लाभ लिन सकिनेछ ।  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आयभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा शेयरबजारको लगानीबाट आर्थिक अवस्था सुधार्न सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ ।  ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ । नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजिमा हुनेहरुले नयाँ काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नसोचेको उपलब्धी हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । वित्तीय बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
 
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुः ख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यपार तथा शेयरबजारबाट मनग्गे नाफा कमाउन सकिनेछ । महंगा तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हनेछ ।

विहीबार, २५ बैशाख २०८२, ०७ : ११

प्रतिक्रिया