काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयले डीन, डाइरेक्टर लगायतका पदाधिकारीको आवश्यक्ता परिपूर्ति गर्न प्रकाशित गरेको विज्ञापन विवादमा परेपछि स्थगित भएको छ । कार्यकारी परिषद्को निर्णय अनुसार मिति २०८२/ १/२३ गते प्रकाशन भएको सो विज्ञापन दुई दिनपछि २५ गते नै स्थगित भएको हो । रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले एक सूचना प्रकाशित गरी ‘कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ’ उल्लेख गरेका छन् ।
उक्त सूचना प्रकाशित भएपछि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विश्वविद्यालयको ऐन नियम विपरित भएको आरोप लगाउँदै बिरोध जनाएको थियो । सो संगठनले सत्तापक्ष एमाले र कांग्रेसले मिलेर भागबण्डा गर्ने उद्देश्यले उक्त विज्ञापन प्रकाशित गरेकोले बदर गर्न अल्टिमेटम दिएको थियो ।
प्रतिक्रिया