बुद्धजयन्तीमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा, पूर्व राष्ट्रपति यादवले उद्घाटन गर्ने

शनिबार, २७ बैशाख २०८२, १२ : ४८

काठमाडौं- काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा  स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । सो शान्ति पदयात्राको पनौतीमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले समुदघाटन गर्ने कार्यक्रम तय भएको छ । 

बागमती प्रदेश अन्तर्गत काठमाडौ पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय पालिकाहरुको सहयोग तथा विभिन्न साझेदारहरुको सहयोगमा शान्ति पदायात्रा आयोजना गर्न लागेको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिन लागिइएको हो । उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोवुद्धसम्मको ९।५ किलोमिटर दुरी छ । 

बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । 

समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।

शनिबार, २७ बैशाख २०८२, १२ : ४८

प्रतिक्रिया