युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्न तयार

सोमबार, २९ बैशाख २०८२, १२ : ०२

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

जेलेन्स्कीले टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति पुटिनसँग ‘व्यक्तिगत रूपमा’ कुराकानी गरी युद्ध समाप्त गर्ने वार्ता गर्न तयार आफू मञ्जुर रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई टर्कीमा रुससँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेपछि जेलेन्स्कीले आफू यसका लागि तयार रहेको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘अब थप ज्यान गुमाउनुको कुनै अर्थ छैन । म आफैँ बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु ।’

जेलेन्सकीले युक्रेनसँग वार्ताका लागि तयार रहेको यसअघि नै स्पष्ट गरिसकेका छन्, तर यसका लागि पहिलो शर्त पहिला युद्धविराम लागू गरिनुपर्नेमा उनको जोड छ ।पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव ट्रम्पको बयानपछि सार्वजनिक भयो । ट्रम्पले आइतबार सामाजिक सञ्जालमा शान्ति सम्झौताको सम्भावना छरछैन भन्ने स्पष्ट हुन सकोस् भन्ने हेतुले युक्रेनले तुरुन्त यो प्रस्ताव स्विकार्नुपर्ने उल्लेख गरेका थिए ।

उनले लेखेका थिए, ‘कम्तीमा यो त थाहा हुनेछ कि सम्झौता सम्भव छ वा छैन । यदि छैन भने, अमेरिका र युरोपले अब के गर्नुपर्छ भन्ने निर्णय गर्न सक्नेछन् । तुरुन्त वार्ता गर्नुहोस् ।’

शनिबार राति रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई ‘गम्भीर वार्ता’ का लागि आमन्त्रण गरेका थिए । रुस–युक्रेन युद्ध सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको थियो । -एजेन्सी

सोमबार, २९ बैशाख २०८२, १२ : ०२

प्रतिक्रिया