कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

सोमबार, ०५ जेठ २०८२, १२ : ११

काठमाडौं- हेटौँडा–काठमाडौं  जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ ।

आइतबार राति परेको पानीले बागमती खोलामा आएको बाढीले डाइभर्सनको ह्युमपाइपहरु बगाएर कान्ति लोकपथ पूर्णरूपमा बन्द थियो ।

मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको र निर्माणाधीन पुलबाट कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसअघि पनि वैशाख २१ गते डाइभर्सन बगाएर कान्ति लोकपथ अवरुद्ध भएको थियो ।

सोमबार, ०५ जेठ २०८२, १२ : ११

प्रतिक्रिया