काठमाडौं- चीनले मंगलबारबाट लागू हुनेगरी अमेरिका, युरोपेली संघ (ईयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको छ ।
कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि यो निर्णय गरेको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ ।
नयाँ शुल्कले कारका पाट्र्स, मेडिकल उपकरण र घरेलु उपकरणहरुमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ । वाणिज्य मन्त्रालयले आइतबार जनाए अनुसार ती शुल्कहरु ३.८ देखि ७४.९ प्रतिशतसम्म हुनेछन् ।
बेइजिङले व्यापक व्यापार विवाद भएका देशहरु विरुद्ध बारम्बार एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको छ । अप्रिलमा चीनले फ्रान्सको निर्यात–निर्भर कोग्नाक उद्योगमा असर पार्दै इयु ब्रान्डीमा एन्टी–डम्पिङ उपायहरु लगाएको थियो ।-एजेन्सी
प्रतिक्रिया