काठमाडौं- नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन् ।
उनले आज सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरो टेकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा असई शेर्पालाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनका तर्फबाट बधाई दिएका छन् ।
प्रतिक्रिया