आज पनि प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

मंगलबार, ०६ जेठ २०८२, ०६ : ३१

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची छ । 

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

मंगलबार, ०६ जेठ २०८२, ०६ : ३१

प्रतिक्रिया