गभर्नरबारे छलफल गर्न बालुवाटार पुगे देउवा

मंगलबार, ०६ जेठ २०८२, १२ : ३०

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा रिक्त रहेको गर्भनर सत्ता गठबन्धनमा आपसी सहमति नजुट्दा अझैसम्म नियुक्त हुन सकेको छैन । यही विषयमा छलफल गर्न देउवा बालुवाटार पुगेको बताइएको छ ।

कांग्रेसले गभर्नर पाउने बताइए पनि ओलीले त्यसमा खासै चासो नदेखाएपछि अहिले नियुक्ति प्रक्रिया अन्योलग्रस्त बनेको छ । 

मंगलबार, ०६ जेठ २०८२, १२ : ३०

प्रतिक्रिया