बजेटमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली समेट्न माग

मंगलबार, ०६ जेठ २०८२, १३ : ३६

काठमाडौं- नेपाली कांग्रेसकी सांसद सिता मिजारले सरकारी कामकाजलाई डिजिटल र कागजरहित बनाउनको लागि विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरेकी छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मिजारले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अहिलेसम्म नेपाल सरकारका १३० वटा निकायमा मात्र लागु गरिएको भन्दै पूरै कार्यालयमा लागु गर्न माग गरिन् । 

यस प्रणालीमार्फत सरकारी निकायहरूले विद्युतीय माध्यमबाट तोक आदेश, टिप्पणी,  दर्ता चलानी, हाजिरी, बिदा व्यवस्थापन, अभिलेख व्यवस्थापन, कार्यसम्पादन मूल्यांकन, र अन्य प्रशासनिक कार्यहरू सञ्चालन गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि उनले सरकारसँग आग्रह गरिन् । 

‘सेवा प्रवाहको प्रभावकारिता बढाउनुका साथै ब्याकडेटमा निर्णय भएको देखाउने, मिलेमतो गर्ने र भ्रष्टाचारजन्य गतिविधिलाई न्यूनीकरण गर्न समेत प्रभावकारी कदमको रूपमा देखिएको यो प्रणाली तीनै तहका सरकारका सबै निकायहरूमा लागु गर्ने व्यवस्था आगामी बजेटमा विशेष प्राथमिककामा राख्न म सम्माननीय सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद मिजारले भनिन् ।

मंगलबार, ०६ जेठ २०८२, १३ : ३६

प्रतिक्रिया