सम्पत्ति शुद्धीकरण निर्देशिका उल्लंघन गर्ने ११ ब्रोकरलाई सेबोनले गरायो सचेत

मंगलबार, ०६ जेठ २०८२, १३ : ४६

काठमाडौं— नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ उल्लङ्घन गर्ने ११ वटा धितोपत्र कारोबार कम्पनीलाई चेतावनी दिएको छ।

बोर्डले २०८१ साल वैशाख २५ गतेको निर्णयअनुसार लिखित सूचना जारी गर्दै ती कम्पनीहरूलाई सचेत गराएको हो।

सचेत गराइएका कम्पनीहरूमा ब्लुप्रिन्ट सेक्युरिटिज, प्रोफिट बिजार्ड, स्टकमास्टर सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोशनी सेक्युरिटिज, सामस्रया सेक्युरिटिज, इन्टिनिटी सेक्युरिटिज, ग्यालेक्सी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट, एशियन मर्केन्ट क्यापिटल, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल तथा रिलायबल मर्चेन्ट क्यापिटल रहेका छन्।

बोर्डले निर्देशनको पालना नगर्ने वित्तीय संस्थाहरूमाथि निगरानी कडा बनाउने बताएको छ।

ss

मंगलबार, ०६ जेठ २०८२, १३ : ४६

प्रतिक्रिया