काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलदबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ ।
यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो ।
सहमतिसँगै आजै गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ ।
आजै साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ ।
ओली र देउवाबीच करिब एक घण्टा छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली सहमत भएको बताइएको छ ।
प्रतिक्रिया