नवनियुक्त गभर्नर पौडेलले लिए शपथ, आजै बालुवाटारमा पदबहाली

बुधबार, ०७ जेठ २०८२, ११ : ३०

काठमाडौं– नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।  

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा पौडेललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । 

शपथ ग्रहणपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेका छन् । मंगलबार पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् ।

बुधबार, ०७ जेठ २०८२, ११ : ३०

प्रतिक्रिया