काठमाडौं- अमेरिकाको ‘इन्स्टिच्युट अफ पिस’ले आफ्नो मुख्यालय फिर्ता पाएको छ । सङ्घीय सरकारको खर्च घटाउन खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले संस्थानको बोर्ड र कर्मचारीहरूलाई बर्खास्त गरेर उसको कामकाज आफ्नो हातमा लिएको थियो ।
सरकारी दक्षता विभागको यो निर्णय विरुद्ध संस्थानका बोर्ड सदस्यहरूले अदालतमा निवेदन दिएका थिए । एक सङ्घीय न्यायाधीशले इन्स्टिच्युट अफ पिसका कर्मचारीहरूलाई बर्खास्त गर्ने राज्य दक्षता विभाग (डज) को निर्णयलाई गैरकानूनी घोषित गर्दै मुख्यालय संस्थानको बोर्ड सदस्यहरूलाई फिर्ता दिन आदेश दिएका थिए ।
यसपछि संस्थानले आफ्नो मुख्यालय फिर्ता पाएको हो । बुधबार, इन्स्टिच्युट अफ पिसका कार्यकारी अध्यक्ष जर्ज मूस मुख्यालयमा प्रवेश गरेका थिए । डजले मुख्यालय आफ्नो नियन्त्रणमा लिएपछि मुस मुख्यालयमा प्रवेश गरेको यो पहिलो पटक थियो । मार्चमा, मुसको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले मुस सहित बोर्ड सदस्य र कर्मचारीहरूलाई बर्खास्त गर्यो ।
इन्स्टिच्युट अफ पिसको मुख्यालय वाशिंगटन डीसीमा छ । अमेरिकी सरकारको खर्चमा चल्ने यो संस्थान एउटा बौद्धिक समूह हो । यसले विश्वभर द्वन्द्व रोक्ने र शान्ति स्थापना गर्ने काम गर्छ । यसको वर्तमान कार्यकारी अध्यक्ष जर्ज मूस हुन्, जो एक पूर्व कूटनीतिज्ञ हुन् ।
जर्ज मूसको साथमा संस्थानका अन्य कयौँ कर्मचारीहरूको टोली पनि बुधबार मुख्यालय पुगेको थियो । ट्रम्प प्रशासनले अदालतको निर्णयको निन्दा गर्दै यसको विरुद्धमा पुनरावेदन दायर गर्ने बताएको छ। -एजेन्सी
प्रतिक्रिया