तीन निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन नपाउने

विहीबार, ०८ जेठ २०८२, १३ : १३

काठमाडौं- सरकारले तीनवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायहरूले गरेको सिफारिसबमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बीसीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

काठमाडौं महानगरपालिका–१४ को एसियन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुङ्गाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

सल्यानको लेखपोखरा–६ को तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेकाहरूले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

kalosuchi

विहीबार, ०८ जेठ २०८२, १३ : १३

प्रतिक्रिया