दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

विहीबार, ०८ जेठ २०८२, १६ : ०९

काठमाडौं- काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । 

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विहीबार, ०८ जेठ २०८२, १६ : ०९

प्रतिक्रिया