काठमाडौं- क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको छ । आज शनिबार बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी चिकित्सालयले विभिन्न सहयोगी संस्थाहरुसँगको सम्वनयमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्ट नेपाल अफिस, डब्लुओएनडीफओ, काठमाडौं महानगरपालिका र क्षेत्रपाटी निःशुल्क चिकित्सायलको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बसोबास गरीरहेका नागरिकहरुले स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य शिविरमा पछिल्लो समय आम नागरिकहरुमा बढी देखा परिरहेको थाइराइड र मधुमेह रोग सम्बन्धि निःशुल्क परीक्षण तथा एमबिबिएस डाक्टरहरुसँग परामर्शको समेत व्यवस्था गरीरहेको अस्पतालका कार्यबाहक अध्यक्ष कुमारदेव मानन्धरले बताए ।
मधुमेह तथा थाइराइड सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा विशेष अतिथि रहेका काठमाडौं महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरले स्वास्थ्य र शिक्षा क्षेत्रमा चिनिया संस्थाहरुले ठूलो मात्रामा सहयोग गरीरहेको कुरा उल्लेख गर्दै सम्पूर्ण नागरिकहरुलाई पहिलो चरणको स्वास्थ्य शिविरको फाइदा उठाइ स्वस्थ्य रहन आग्रह गरेका छन् ।
त्यस्तै, स्वास्थ्य शिविरमा सम्वनय गरी सहयोग गरेका विभिन्न संस्थाका प्रतिनिधिहरुले पनि सम्पूर्ण नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ्य परिक्षण गर्न अनुरोध गरेका छन् ।
सीएफआरडिका प्रमुख जोउजी कुइयाङ प्रमुख अतिथि रहेको स्वास्थ्य शिविर कार्यक्रममा विशेष अतिथिमा काठमाडौं महानगरपालिका प्रवक्ता तथा १७ न. वडा अध्यक्ष नविन मानन्धर, अतिथि डब्लुओएनडीएफओका हर्बल एन र अरनिको समाजका अध्यक्ष डा.सुशिल प्रजापति लगायत अस्पतालका पदाधिकारी तथा कर्मचारी र नागरिकहरुको बाक्लो उपस्थिति रहेको छ ।
प्रतिक्रिया