दुई आवासीय नेपाली राजदूत पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त

आइतबार, ११ जेठ २०८२, १६ : ५०

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले दुईजना नेपाली आवासीय राजदूतलाई थप पाँच युरोपेली मुलुकका लागि गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरेका छन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो नियुक्ति गरिएको हो।

राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि समेत नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।

त्यसैगरी, जर्मनीमा कार्यरत आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालयकी उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जानकारी दिइएको हो।

आइतबार, ११ जेठ २०८२, १६ : ५०

प्रतिक्रिया