महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

आइतबार, ११ जेठ २०८२, १७ : ०४

काठमाडौं- तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । 

सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो। 

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ । 

आइतबार, ११ जेठ २०८२, १७ : ०४

प्रतिक्रिया