काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखक भिजिटि भिसा प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको बैठकले मन्त्री लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री संलग्न नरहेको र जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्ने बताए । उनले लेखकलाई जोडेर अफवाह फैलाइएको समेत बताए ।
प्रतिक्रिया