जेठ १९ गते कोरियन विशेष भाषा परीक्षा सञ्चालन हुने

सोमबार, १२ जेठ २०८२, १६ : ०९

काठमाडौं- कोरियन विशेष भाषा परीक्षा जेठ १९ गते हुने भएको छ। 

ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर परीक्षा हुने मिति र संख्या सार्वजनिक गरेको हो। एक दिन मात्र सञ्चालन हुने परीक्षामा ७९९ जना सहभागी हुने छन्। 

परीक्षा भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुने इपीएस कोरिया शाखाले जनाएको छ। 

सोमबार, १२ जेठ २०८२, १६ : ०९

प्रतिक्रिया