हुलाकी–पुष्पलाल अभियानबाट उठेका योजना अर्थमन्त्रीसमक्ष पेस, आगामी योजनामा समेट्न माग

मंगलबार, १३ जेठ २०८२, १६ : ५२

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले हुलाकी राजमार्ग केन्द्रित ‘तराई–मधेश जागरण अभियान’ र ‘मध्य पहाडी पुष्पलाल मार्ग केन्द्रित जागरण अभियान’ का क्रममा विभिन्न सरोकारवालाबाट संकलन गरिएका योजनाहरू अर्थमन्त्री विष्णु पौडेलसमक्ष पेस गरेका छन्।

उक्त अभियानको क्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, विभिन्न संघसंस्था तथा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गरी उठाइएका आवश्यकता र सुझावहरूलाई संकलन गरी आगामी आर्थिक वर्ष २०८२र८३ को योजनामा समावेश गरिनुपर्ने मागसहित अर्थ मन्त्रालयमा पेस गरिएको हो।

महासचिव गुरुङले यी योजनाहरू स्थानीय आवश्यकताका आधारमा तयार पारिएको बताउँदै राष्ट्रिय योजना र बजेट निर्माण प्रक्रियामा जनस्तरको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले विकासको बहस सडकमार्गसँग जोडिएको जनताका प्राथमिकतासँग मेल खानुपर्ने तर्क गर्दै स्थानीय आवाजलाई बजेटमा प्रतिबिम्बित गर्न आग्रह गरेका छन्।

मंगलबार, १३ जेठ २०८२, १६ : ५२

प्रतिक्रिया