ओलीको अभिव्यक्तिप्रति देउवा मौन रहेकोमा शेखर कोइराला अचम्मित !

मंगलबार, १३ जेठ २०८२, १८ : १७

विराटनगर- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्र केन्द्रित भएको सुन्दा अचम्म लागेको बताएका छन् ।

विराटनगरमा नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन समारोहमा बोल्दै उनले भने, “मलाई लागेको थियो, सभापतिजीको घरमा भएको बैठकमा देशको अवस्था र प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न दिएको निर्देशनबारे छलफल होला, तर कुरा त मेरो बारेमा मात्रै भएछ ।”

कोइरालाले प्रधानमन्त्रीजस्तो सर्वोच्च संस्थाले गैर-राजनीतिक र मुठभेडको भाषा बोल्दा पनि कांग्रेसले आधिकारिक रूपमा कुनै प्रतिक्रिया नदिएकोमा आश्चर्य व्यक्त गरे ।

“प्रधानमन्त्री व्यक्ति मात्र होइन, संस्था हो । उनको हरेक बोलीको अर्थ हुन्छ । यस्तो बाध्यतामा पनि कांग्रेसले छुट दिइरहने हो ? ” उनले प्रश्न गरे । पछिल्लो समय कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । 

मंगलबार, १३ जेठ २०८२, १८ : १७

प्रतिक्रिया