काठमाडौं- गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करी जस्तो गम्भीर आरोप लागेपनि सरकार उनलाई जोगाउन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन उनको बारेमा कुनै निर्णय लिने साहस गरेका छैनन् ।
कांग्रेसले त आफ्नौ पार्टीका नेता रहेका लेखक निर्दोष रहेको घोषणा नै गरिसकेको छ । त्रिभुवन विमानस्थलबाट दैनिक जसौ पचासौं लाख असुलेर अवैधरुपमा भिजिट भिसामार्फत विदेश पठाइएको विषय मुलुकै लागि लज्जाको विषय हो ।
यस अघि सार्वभौम देशका नागरिकलाई नक्कली भुटानी शरणाथी बनाएर अमेरिका पठाउने गिरोहमा गृहमन्त्रालयकै उच्च तहका कर्मचारी र तत्कालीन गृहमन्त्रीकै संलग्नताको आरोपमा पक्राउ गरिएको थियो । त्यस प्रकरणमा कति थुनामै छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा भएका छन् ।
अहिले फेरि भिजिटि भिसाका नाममा नागरिक बेच्ने धन्दामा गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्च तहकै कर्मचारीको मिलेमतोमा विमानस्थलका अध्यागमनका कर्मचारी संलग्न रहेको आरोप लागेको छ ।
यो पनि पढ्नुस्
अरुलाई नैतिकता सिकाउने गृहमन्त्री लेखक आफैं ‘अनैतिक’, संसदमा यसरी उठाएका थिए रविमाथि प्रश्न
अहिले पनि गृहमन्त्रीकै सचिवालयमा रहेकाहरु यस अघि भिजिट भिसा प्रकरणमै अनुसन्धानको दायरामा आएका कर्मचारीहरु रहेका छन् । यसले गृहमन्त्री लेखकको अस्वाभाविक सम्बन्ध दर्शाउँछ । र, उनको भूमिका थप शंकास्पद देखिएको छ ।
यतिमात्रै होइन, गृहमन्त्री लेखकले पद सम्हालेदेखि उनका एकपछि अर्को अनेकौं असक्षमता सार्वजनिक भइरहेको छ । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुनेको हिंसात्मक घटनामा पनि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो । यद्यपि उनी भने सबै दोष राजावादीलाई लगाएर उम्किएका थिए ।
अहिले सर्वत्र भिजिट भिसा प्रकरणका अनेकौं तथ्य सार्वजनिक हुँदा पनि गृहमन्त्री लेखकाले राजीनामा दिने कुनै सुरसार गरेका छैनन् । उल्टै आर्थिक अपचलनको आरोप प्रमाणित भए राजीनितक जीवनबाटै सन्यास लिने भन्दै सहानुभूति बटुल्ने दाउमा लागेका छन् ।
यो पनि पढ्नुस्
जब गृहमन्त्री नै तस्करीमा मुछिन्छन् !
मन्त्रालयदेखि विमानस्थलसम्म सेटिङमा कर्मचारी पठाइने गरिएको तथ्य सार्वजनिक भइसकेको छ । यसमा गृहमन्त्री लेखकको नै प्रत्यक्ष भूमिका रहेको बताइन्छ । तर, लेखक भने तालुकदार मन्त्रालय सम्हालेर कर्मचारीको दोष आफूले नलिने भन्दै यस्तो गम्भीर आरोप लागेपनि लाज पचाएर पदमा बसेका छन् ।
यस अघि सदनमा उनले सहकारी ठगी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि उठाएको नैतिक प्रश्नको उपहास गरेको छ । संसदमा निकै शालिनतापूर्वक रविमाथि नैतिक प्रश्न उठेको बताउँदै राजीनामा दिन सुझाउने कांग्रेसका प्रमुख सचेतक समेत रहेका लेखकले अहिले आफूलाई पर्दा भने कर्मचारीको कमजोरी भन्दै चोखिन खोजेका छन् ।
तत्कालीन गृहमन्त्री रविको भन्दा गम्भीर प्रश्न लेखकमाथि उठेको छ । रविमाथि लागेको सहकारी ठगीको आरोप पदमा आउनु अगावैको हो । त्यसमा उनको प्रत्यक्ष संलग्नता कहीँकतै देखिएको थिएन । तर, गृहमन्त्री लेखक त पदमा रहेकै बेला उनी मातहतको निकायले गरेको ठगीधन्दा हो ।
यति पनि सामान्य हेक्का लेखकलाई नभएको होइन । तर, पद जोगाउन कर्मचारीको दोषको भागीदार आफू नबन्ने बताएका छन् । विगतमा संसदमा व्यक्त उनको नैतिक आदर्शका उपदेश फगत अरुका लागि मात्रै रहेछ भन्ने उनको राजीनामा दिन अटेरीले प्रमाणित गरेको छ ।
यो पनि पढ्नुस्
भिजिट भिसामा सेटिङ गरेर रकम असुली, गृहमन्त्रीमाथि उठ्यो नैतिक प्रश्न
प्रतिक्रिया