बाग्लुङको मालिका मन्दिर एउटै ढुंगाबाट पुनर्निर्माण

बुधबार, १४ जेठ २०८२, १२ : ४४

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाग्लुङको प्रसिद्ध मालिका मन्दिर पुनर्निर्माण गरेको छ ।

अहिले मन्दिरको पुनर्निर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुंगा कुँदेर भगवती मन्दिर पुनर्निर्माण गरिएको हो ।

जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढंग र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माण गरिएको हो ।

तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुंगा काटेर कुँदिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिए । -रासस

बुधबार, १४ जेठ २०८२, १२ : ४४

प्रतिक्रिया