प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाइदिन ओलीको आग्रह

बुधबार, १४ जेठ २०८२, १२ : ५६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउन सहजीकरण गर्न आग्रह गरेको माओवादीका सांसद लेखनाथ दाहालले जानकारी दिए । 

सदनको अवरोध हटाएर गृहमन्त्रीले जवाफ दिने वातावरण मिलाइदिन ओलीले प्रचण्डसँग आग्रह गरेका हुन् । गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करीको आरोप लागेपछि मंगलबार उनको राजीनामा माग गर्दै प्रतिपक्षी दलले संसद अवरोध गरेका थिए । आज पनि राजीनामाको माग गर्दै संसद चल्न नदिने विपक्षी दलहरुले जनाएका छन् ।

बुधबार, १४ जेठ २०८२, १२ : ५६

प्रतिक्रिया