काठमाडौं– आज पनि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन्।
यसअघि हिजो मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज प्रमुख सचेतकसँग छलफल गरेका थिए।
प्रतिक्रिया