लोकसेवा आयोगद्वारा इन्जिनियर पदको परीक्षा स्थगित

बुधबार, १४ जेठ २०८२, १५ : १०

काठमाडौं- लोकसेवा आयोगले भोलि जेठ १५ गतेका लागि तय गरेको परीक्षाका कार्यक्रम स्थगित गरेको छ।

आयोगले सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशीतर्फको प्राविधिक सेवा तह ७, इन्जिनियर पदको लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

आयोगले उक्त परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरेको छ ।

 

बुधबार, १४ जेठ २०८२, १५ : १०

प्रतिक्रिया