पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

विहीबार, १५ जेठ २०८२, ०७ : ५३

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । 
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो । 

विहीबार, १५ जेठ २०८२, ०७ : ५३

प्रतिक्रिया