एमाले र राजावादी सडकमा आमनेसामने, सुरक्षा व्यवस्था कडा

विहीबार, १५ जेठ २०८२, १० : १२

काठमाडौं- नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

भृकुटीमण्डपमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।  एमालेले भृकुटी मण्डप क्षेत्रमा र राजावादीलाई शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिइएको छ । यद्यपि प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

एमालेले बिहान साढे १० बजेदेखि कार्यक्रम शुरू गरेर सवा २ बजेसम्म सक्न समयसीमा तोकिएको छ भने त्यसपछि राजावादीले कार्यक्रम सुरु गर्न लागेका छन् ।

एकै दिन दुबै पक्षले प्रदर्शनको तयारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । राजधानीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विहीबार, १५ जेठ २०८२, १० : १२

प्रतिक्रिया