कोहलपुर र बैजनाथमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि १५ बुँदे प्रतिबद्धता

विहीबार, १५ जेठ २०८२, ११ : २३

काठमाडौं- प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता कोहलपुर नगर क्षेत्रमा व्याप्त प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । रेष्टलेस डेभलप्मेण्ट, क्रियसन, युथ ईनोभेसन ल्याव, कोहलपुर नगरपालिका र बास नेपालका संयुक्त आयोजनामा कोहलपुरमा सम्पन्न प्लास्टिकजन्य फोहोरमैलाको असर बिषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जारी गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृतसहित वडा अध्यक्ष, नागरिक समाज, युवा, पत्रकार र सरोकारवाला निकायहरूको उपस्थिति थियो। प्रतिबद्धतामा नगरपालिकाको कार्यविधिमा सुझाव समेट्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बजेट विनियोजनको माग, वैकल्पिक झोलाको प्रवर्द्धन, विषय विज्ञसहित तालिम संचालन लगायतका विषयहरू रहेका छन्।

यसैबीच २०८२ जेठ १४ गते बैजनाथ गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइमा ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ। कार्यक्रममा योजना तर्जुमा प्रक्रियामा टोल भेलाको अनिवार्यता, अपांगता भएका व्यक्तिहरुको समस्या समाधान, पिउने पानीको सुविधा, कृषि सिचाइको विस्तार, सडक निर्माण पुनःसञ्चालन लगायतका प्रतिबद्धता व्यक्त गरिएका छन्।

विहीबार, १५ जेठ २०८२, ११ : २३

प्रतिक्रिया