बजेट भाषण

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड

विहीबार, १५ जेठ २०८२, १५ : ५०

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् । 

यस्तै उनले लगानी बोर्डको क्षमता वृद्धि गरिने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरे । यस्तै उनले विदेशमा गरिने लगानीको व्यवस्था लगानी बोर्डमार्फत हुने बताए । उनले लगानी बोर्डमार्फत नै विशेष आर्थिक क्षेत्र निर्माण गरिने पनि बताए । 

उनले निजी क्षेत्रसँगको सहकार्यमा मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम सञ्चालन गरिने बताउँदै अर्थमन्त्रीले सम्भावित क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने पनि बताए ।

विहीबार, १५ जेठ २०८२, १५ : ५०

प्रतिक्रिया