माओवादीले मध्यपहाडी अभियानलाई निरन्तरता दिने

शुक्रबार, १६ जेठ २०८२, ११ : ५२

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत जेठ २ गते बैतडीबाट माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको थियो । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु सहभागी सो अभियान गण्डकी प्रदेशका विभिन्न जिल्लामा सम्पन्न भइसकेको छ । 

साथै बैठकले एकता प्रक्रियाबाट पार्टीमा समाहित भएका नेसपाको गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारेमा छलफल गरेको प्रवक्त अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

शुक्रबार, १६ जेठ २०८२, ११ : ५२

प्रतिक्रिया