नेपाल माइक्रो इन्स्योरेन्सको दोेस्रो वार्षिक साधारणसभा सम्पन्न

शनिबार, १७ जेठ २०८२, १० : ३१

काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी आज जेठ १६ गते आफ्नो दोेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, संचालक सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा कम्पनीले साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संस्थापक र सर्वसाधारण सेयरधनी तथा संचारकर्मीहरुको साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गरेको छ ।

सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित गरेको छ ।

सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गरेको छ ।

शनिबार, १७ जेठ २०८२, १० : ३१

प्रतिक्रिया