माइतीघरमा सार्वजनिक यातायात व्यवसायीको विरोध प्रदर्शन

आइतबार, १८ जेठ २०८२, १३ : ४९

काठमाडौं- सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन् । 

सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् । 

आइतबार, १८ जेठ २०८२, १३ : ४९

प्रतिक्रिया