काठमाडौं- हिमानी ट्रस्टले आगामी जेठ १९ गते नारायणहिटी दरबारमा दीप प्रज्वलन गर्ने भएको छ ।
दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारहरूको सम्झनामा ट्रस्टले भोलि १९ गते दीप प्रज्ज्वलनको कार्यक्रम राखेको हो ।
‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवम् स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाहलगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ,’ हिमानी ट्रष्टद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना अनुसार श्री चतुर्व्यूह नारायण धाम परिसरमा भोलि साँझ ६ः३० बजेट दीप प्रज्वलन गरिने कार्यक्रम छ ।
वि.सं २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको वंश विनाश भएको थियो ।
प्रतिक्रिया