काठमाडौं— सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएका इन्जिनियर शशांकश्री न्यौपानेले वेष्टक्लिफ विश्वविद्यालयबाट प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड प्राप्त गरेका छन्।
काठमाडौंस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल अन्तर्गत एमएससी आईटी (MSc IT) अध्ययनरत न्यौपानेले शैक्षिक उत्कृष्टता र सामाजिक सेवामा देखाएको सक्रियताको आधारमा सो अवार्ड प्राप्त गरेका हुन्। विश्वविद्यालयले आफ्नै कार्यक्रममार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको हातबाट न्यौपानेलाई सम्मानित गरेको हो।
एमएससी आईटीमा कलेज टप गरेका न्यौपानेले अध्ययनसँगै सामाजिक सेवामा समेत उल्लेखनीय भूमिका खेलेको प्रेसिडेन्सियल ग्रयाजुएट स्कूलले जनाएको छ। यसअघि उनले विभिन्न अन्तर्राष्ट्रिय रोबोटिक प्रतिस्पर्धाहरूमा सफलतापूर्वक भाग लिएका थिए।
हाल डिजिटल स्वास्थ्य (Digital Health) क्षेत्रमा अनुसन्धान र विकासमा संलग्न सूचना प्रविधि विज्ञ न्यौपानेले प्रविधिको प्रयोगमार्फत सामाजिक परिवर्तनमा योगदान पुर्याउने लक्ष्य राखेका छन्।
"शिक्षालाई समाजसँग जोड्न सक्नु नै मेरो ठूलो उपलब्धि हो," न्यौपानेले अवार्ड ग्रहणपछि भने।
प्रतिक्रिया