गेरुवा गाउँपालिका र ठाकुरबाबाका जनप्रतिनिधि र कर्मचारीलाई दुई दिने कानुनी तालिम

सोमबार, १९ जेठ २०८२, १२ : ०८

काठमाडौं- नेपालगन्जमा बास नेपालको सहजीकरण र गेरुवा गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई स्थानीय कानुन निर्माण र  गाउँ सभा सञ्चालन विषयमा तालिम सम्पन्न भएको छ ।

बर्दियाको ठाकुरद्वारा स्थित बर्दिया टाइगर रिसोर्टमा शनिबार र आइतबार गरी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पूर्व अर्थ सचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिएका थिए ।
दुई दिन सम्म सञ्चालन भएको तालिम प्रशिक्षक बासकोटाले सभाको बैठक र कार्य प्रणाली, सभाको व्यवस्थापन सम्बन्धी कार्यविधि, स्थानीय तहको योजना तर्जुमा तथा कार्यान्वयन, स्थानीय तहको न्यायिक कार्य सम्बन्धी व्यवस्था, स्थानीय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अवस्था कम गर्ने रणनीतिक उपाय,, स्थानीय तहमा गठबन्धनका विभिन्न समिति र तिनका कर्तव्य तथा आपसी समन्वयको अवस्थाका बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटको अवस्था, स्थानीय तहमा कानुन निर्माण प्रक्रिया, स्थानीय तहमा सवारी साधनको प्रयोग तथा त्यसमा खपत हुने इन्धन सम्बन्धी कानुनी सीमा, स्थानीय तहले गर्ने खर्च सीमा, स्थानीय तहले उपलब्ध गराउने सेवा सुविधाहरूको सीमा, स्थानीय तहको आन्तरिक खर्च प्रणालीको नियन्त्रण र कार्यपालिका र सभाको क्षेत्राधिकार र कानुनी मान्यता लगायतका विषयमा दुई दिन सम्म तालिम दिइएको थियो ।
गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा  नम्बर १ देखी ६ नम्बर वडाका सबै वडा अध्यक्षका साथै वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, पालिकाका विभिन्न शाखा प्रमुखहरूका साथै सम्पूर्ण कर्मचारीहरूको गरी तालिममा ७० जनाको सहभागिता रहेको थियो ।
तालिम समापनमा प्रतिक्रिया मन्तव्यमा बोल्दै गेरुवा गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष निर्मल चौधरी र पूर्वाधार शाखा प्रमुख टंकर रोकायाले यो दुई दिनको बसाई निकै उपलब्धिमूलक रहेको बताए ।

तालिमको समापन सत्रमा बोल्दै गेरुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले पूर्व अर्थ सचिव बासकोटाबाट विभिन्न कानुनी पाटोको कुराहरू देखी हामीले दैनिक गर्दै आएका काम काजहरू नीति नियममा रहेर सहज र सरल रूपमा गर्न सकिने तरिकाहरुको बारेमा जानकारी भएको बताए ।

तालिमको धन्यवाद ज्ञापनसहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

नगरपालिकाकै सभा हलमा आयोजना गरिएको उक्त तालिममा नेपालका सरकारका पूर्व अर्थ सचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिएका थिए ।

ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आयोजना गरिएको तालिममा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुख र कर्मचारीहरू गरी ६० जनाको  उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन सहित आफ्नो मन्तव्य राख्दै मधुवन नगरपालिकाकी नगर उप प्रमुख बिना कुमारी भटराईले आफूहरूलाई थाहा नभएको कुराहरूको बारेमा जानकारी दिएकोमा नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरी बासकोटालाई धन्यवाद दिइन् ।

 

सोमबार, १९ जेठ २०८२, १२ : ०८

प्रतिक्रिया