सार्वजनिक यातायात बन्द हुँदा पठाओ र इन्ड्राइभ मालामाल, तेब्बर भाडा असुल्दै

सोमबार, १९ जेठ २०८२, १३ : ४३

काठमाडौं– सोमबार यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायातका साधन बन्द हुँदा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने इन्ड्राइभ र पठाओका सवारी साधनले यात्रुमाथि लुटधन्दा चलाएको गुनासो बढेको छ।

सोमबार दिउँसो उपत्यकाका विभिन्न स्थानमा जाने सर्वसाधारणलाई इन्ड्राइभ एप र पठाओमा तेब्बर भाडा अफलाइनबाट तेब्बर भाडा लिएर चलाइएको गुनासो बढेको छ । सर्वसाधारणले नियमित भाडाभन्दा तेब्बर बढी लिएर चलाउँदा पनि नियामक निकायले कुनै चासो नदिएको गुनासो गरेका छन्।

पठाओ, टुटल इन्ड्राइभले तेब्बर भाडा लिएर सवारी चलाएको भन्दै अहिले सामाजिक सञ्जालमा यात्रुहरुले निकै गुनासो गरेका छन् । इन्ड्राइभ र पठाओले बन्दको दिन १० किलोमिटरको दुरीमा २५०० सम्मको भाडालिएर यात्रु ओसारेको गुनासो सामाजिक सञ्जालमा गरेका छन् । यस्तै सात किमीको दुरीमा  १५०० का दरले भाडा लिएको बताइएको छ ।

यसैक्रममा इमाडोलबाट कुपण्डोल आएको समेत ४०० भाडा तिर्न बाध्य भएको यात्रुहरुले सामाजिक सञ्जालमा गुनासो गरेका छन्। जबकी त्यो रुटमा पठाओको भाडादर १५३ मात्रै रहेको छ। भैंसेपाटीबाट बल्खुसम्म यात्रा गर्दा  १२०० सम्म तिर्न बाध्य भएको यात्रुहरुको गुनासो छ।

विभिन्न राइड सेयर एपमार्फत यात्रु बोक्ने सवारी साधनले अत्यधिक भाडा दर निर्धारण गरेर सर्वसाधारणमाथि ब्रम्हलुट गर्दा पनि यसको नियामक निकाय यातायात व्यवस्था विभागले नियमित भाडादरमा कायम गराउन असमर्थ भएको छ। 

सोमबार, १९ जेठ २०८२, १३ : ४३

प्रतिक्रिया