फाइल फोटो
झापा- यहाँस्थित कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह(करेन्ट) चुहावट हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।
प्रतिक्रिया