मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

मंगलबार, २० जेठ २०८२, १२ : १९

काठमाडौं- मंगोलियाका प्रधानमन्त्री लुभ्सन्नमसरेन ओयुन-एर्डेनले राजीनामा दिएका छन् ।

संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि उनले राजीनामा दिएका हुन् ।

छोराको जन्मदिन र इङ्गेजमेन्टको भव्य पार्टीका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि भ्रष्टाचार गरेको भन्दै ओयुन–एर्डेनविरुद्ध देशभरमा व्यापक विरोध प्रदर्शन भइरहेकै समयमा अविश्वासको प्रस्ताव पारित भएको हो । 

ओयुन–एर्डेनले २०२१ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । भावी प्रधानमन्त्री नियुक्त नहुँदासम्म आगामी ३० दिनका लागि भने उनी कार्यबाहक प्रधानमन्त्रीको रुपमा रहिरहनेछन् । महामारी, युद्ध र अतिरिक्त भन्सार मसहुल जस्ता नठिन समयमा देश र जनताको सेवा गर्न पाउनु आफ्नो लागि सम्मान भएको संसद्मा अविश्वासको प्रस्तावमाथि मतदान भएपनि ओयुन–एर्डेनले भनेका थिए । 

दुई हप्तादेखि देशभरका सडकमा ओयुन–एर्डेनविरुद्ध चर्को विरोध प्रदर्शन भइरहेको छ । परिवार विशेषगरी छोराको विलासी जीवनशैली देखेर मानिसहरूले उनको सम्पत्तिको स्रोत के हो भनेर प्रश्न गरिरहेका छन् ।

ओयुन–एर्डेनले भने भ्रष्टाचारको आरोपको खन्डन गरिरहेका छन् । ओयुन-एर्डेन सत्तामा आएयता मंगोलियामा भ्रष्टाचार चरम बनेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ ।-एजेन्सी

मंगलबार, २० जेठ २०८२, १२ : १९

प्रतिक्रिया