भारतीय र जापानीसहित तीन ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

मंगलबार, २० जेठ २०८२, १२ : ३०

काठमाडौं- सरकारले तीनवटा निर्माण व्यवसायीरआपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा विदेशी र एउटा नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्शन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा छन् ।

मरुशिन र पीएच–एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीहृले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

मंगलबार, २० जेठ २०८२, १२ : ३०

प्रतिक्रिया