दुई बजेसम्मका लागि सारियो प्रतिनिधिसभा बैठक

मंगलबार, २० जेठ २०८२, १३ : २३

काठमाडौं- प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि सारिएको छ । 

सत्तापक्ष र प्रतिपक्षीबीच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । 

यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

samsad_

मंगलबार, २० जेठ २०८२, १३ : २३

प्रतिक्रिया