काठमाडौं- प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ । मंगलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबारसम्म स्थगित भएको हो ।
सत्तापक्ष र प्रतिपक्षीबीच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको थियो। सो समयमा पनि बैठक बस्न नसकेपछि बुधबारसम्म स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।
यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया